त्यही छोरो जन्माउन कयौ पटक मरेकी आमालाइ
आज भुल्दै छ रे ।।
कसैले दिएक मिठो चिज मुखमा हाल्न खोज्दा
छोरालाइ भनी पटुकी भित्र राखेको चिजलाई
यति दिन्छौ छुच्ची बुढी पो भन्छ रे ।।
सारा संसारका खुसी खोज्न साझ बिहान नभनी
त्यो छोराको भबिश्य बनाउन लागेकी आमालाइ
खै कुन्नी किन हो न चिने जस्तो पो गर्छ रे ।।
घासको भारी बोकि छोरालाइ काखमा राखी
साझ बिहान उकाली ओराली गरेकी आमालाइ
के पो गर्यौ मेरो लागि भन्छ रे ।।
आफू आदि पेट खाएर रात दिन धाएर
लालन पोषण गरेकी आमालाइ
भरु छिटो मोर बुढी पो भन्छ रे ।।
सु सम्पन छ छोरो धनी मानी भाको छ रे
छोरा छोरी जन्माएर उ पनि त बाबा भाको छ रे
त्यसैले त उसले बुढी आमा बिर्सदै गएको छ रे ।।
छोर सम्पन देख्दा बुढी आमा अझ खुसी हुन्छिन अरे
म बाचेर छोरालाइ धेरै दुख दिए भन्दै
दिन रात रुन्छिन अरे ।।
बृदाश्रम छन रे उनी भेटन जाने मन छ मेरो
आमा औसि परेकोले केही लैदिने मन छ मेरो ।।
अर्जुन शर्मा चालिसे