Unique Nepal News

Saturday, February 17, 2018

लल्लु सामाजिक  नाटक हेरेर मज्जा लिनुहोस । अर्जुन शर्माको  निर्देशनमा रहेको नाटक । निकै दर्शले मन पर्याउनु भयको छ । 
https://youtu.be/wAxaIz4THss

Friday, February 9, 2018

को हुन त लल्लु

सान इन्टरनेशनल कलेजका बायोटेक्नोलोजीका पहिलो सेमका बिद्यार्थीले लल्लु की प्रेम काहानी भन्ने नाटक प्रस्तुत गरेका छ्न। एक कार्यक्रममा उत्कृष्ट अभिनयका साथ समाजको यथार्थ चित्रण गरेको नाटकको निर्देशन  अर्जुन शर्माले गरेकाथिए भने कलाकारमा अमित कुमार यादव , धिरज भट्टराई , र आयुसा मल्ल ठकुरी थिए । थोरै कलाकार समाबेस गरिएको नाटमा काथा बस्तु र अभिनय उत्कृष्ट थियो ।यथार्थ लाइ कमेडि जनरामा पर्स्तुत सो नाटकले सबै दर्शकको मन जितेको थियो । कथाका पात्र पनि निकै रमाइलो संग प्रस्तुत भएका थिए। लल्लु , रुकमती , र झिल्के पात्र साचिकै जिबन्त अभिनयका खानी थिए।  निर्देशक शर्मा भन्छन निकै छोटो समयमा नाटक तयार  पारेको हुदा अझ रामाइलो बनाउन र सम्बादमा ध्यान दिन सकिन तर सबैले मन पराएको मा खुसिलागो ।
जनकपुरको लल्नपुर गाउको परिवेशमा निर्माण गरिएको नाटको निकैनै रोचक प्रस्तुतीको पर्दा पछाडिका केही तस्बिर
 झिल्के
 रुकमती र लल्लु
रकमती र अर्जुन 
नाटकका सबै कलकार र निर्देशक 

Sunday, August 13, 2017

SMS Club ले बाढी पीडितलाई सहयोग गर्न आफ्ना सम्पुर्ण सदस्यहरु लाई अपिल

बालाजु काठमाडौं
सन्तोष मेमोरियल बिद्यार्थी क्लबले  देशमा परेको बिपत्तिले गर्दा धेरै  जनधनको क्षति भएको र आहिले धेरै जनताहरु बिचल्ली परेकोले गर्दा सबैलाइ सहयोगी हातहरु अगाडि बडाउन आग्रह गरेको छ । क्लबले आफ्नो अपिसियल फेसबुक पेजमा स्टाटस राख्दै  आफुहरु अब छिटैनै राहत बितरण गर्न तर्फ अगाडि बडने बताएको छ । जसमा सम्पुर्ण सदस्यहरुमा आफुले सक्ने सहयोग गर्न आग्रह गरेको छ । सहयोगको लागि केही सोध्नु परेमा वा अरु जनकारिको लागि क्लबका सचिब अर्जुन शर्मा : 9843765635 र क्लबका अध्यक्ष सुजन कुमार ढोढारि : 9860149656 को नम्बर उपलब्ध गराएको छ । यो बिपतको बेला क्लबले गर्न लगेको काम निकै पर्सम्सनिय भएको ले सबै एक जुट भएर बिपतको सामना गर्न सबैमा अनुरोध छ ।

Wednesday, August 9, 2017

चर्चित कथा अधुरो प्रेम १,२,३,४,५ का लेखक अर्जुन शर्माको नया कथा "संघर्षको यात्रा"

म पात्र अमृत  । घटना काल्पनिक भएकोले कसैको जिबनमा मेल खान गयमा संयोग मात्र हुने छ ।😀
लेखन : अर्जुन शर्मा
..... क्रमश अधुरो सपना १ बाट
                        संघर्षको यात्रा
     यसरी बिरामी भयर हस्पिटलमा बसेको पनि करिब १ महिना भएछ । सम्पुर्ण कलेजका साथिहरु पालै पालो भेटन आउने गर्दथे । तर हस्पिटलमा मेरो लागि कुरेर बस्ने आफ्नो परिवार न हुदा सबै साथिहरुले नरमाइलो फिल गरे जस्तो मलाइ लाग्यो । कतै आजसम्म कुनै साथिलाई न भनेको राज खुल्ने त होइन ? कतै अब मलाइ साथिहरुले अर्कै ब्यबार त गर्दैन भन्ने मनमा विभिन्न कुरा खेल्न थाले । कति साथिहरु त रातको समयमा पनि म संगनै बसे । साथिहरुको माया अनि डाक्टरहरुको विशेष हेरचाहमा ४८  दिनमा मलाइ हस्पिटलले डिस्चार्ज गर्यो ।

समस्या अब थियो त्यस्तो खुट्टाले कसरी खान पकाउने खाने तर मेरो स्कुल देखिनै मलाइ सहयो गर्ने साथि सुभमलेनै मलाइ सबै सगायो । यसरी मिर्तुको मुखमा पुग्दा आफ्नो सपना अधुरै रहने भो भनेर चिन्ता थियो तर अब भने त्यति बेलामा नै मिर्तु भएको भए हुन्थियोनी जस्तो भयो । यसरी जिबन संग अनेक दुख मलाइ नै किन आउदोहो जस्तो लाग्थो तर भग्यमा जे लेखेको छ त्यो त न भै हुदैन भन्दै चित बुझाउने भन्दा अरु म मा केहि उपाय थियन ।

१२ को परीक्षा  पनि आउने बेला भयो म बल्ल बल्ल राम्रो संग खुट्टा टेकेर हिडन सक्ने भएको थिए । परीक्षा पनि रम्रै भयो । अब बल्ल जीवनको नया अध्याय सुरु भए जस्तो हुन थालो । आज सम्मको त्यो सबै मिहिनेत मेरो अन्तिम अबस्थाम पुगो किनकि +2 पास गरे पछि सबै साथिहरु आअफ्नो रुचिको बिषय पढ्नको लागि कोहि नेम , भाइब्रेन्ट , जस्ता नाम चलेका ठाउमा पढ्न थाले कोहि IELTS ,TOFFEL गर्न भनेर लगे तर आफुभने पैसाको अभाले गर्दा अफ्नो सपना अधुरो राखेर पहिलेको स्कुलमा नै पढाउन थाले । सबै साथिहरुको बारम्बार फोन आउथो के पढ्न थालिस कलास कता लिदैछ्स भनी । त्यसैले गर्दा दिक्क लागेर मोबाइलको सिम चेन्ज गरिदिए ।

आकृतिको सपना पूरा गर्छु भनेर बेकार उसलाइ झुटो कुरा गरे जस्तो लागेर आफैमा हिन्ताबोध हुन थाल्यो । तर जब म त्यस्तो सोच्थे आकृति कता कता बाट आएर भेरी उर्जा थपिदिन्थिन । तर आफ्नो बाद्ययताले गर्दा चाहना भएपनी त्यो पाउन सक्दैन्थे  । भित्र भित्र मुटु जलेर आउथिठो ।
तर एक दिनको कुराहो सुभमले मलाइ अर्कै ठाउमा जागिर लगाइदिन आग्रह गर्यो र मैले जागिर पनि पाए तलब पनि पहिलेको भन्दा धेरै थियो । मेरो हरेक सुख दुखमा साथ दिने सुभम सिए पढ्दै थियो म भने बि.बि.ए पढ्न थाले । उसैले गर्दा पूरा छात्रबिर्तिमा पढ्ने अबसर मिल्यो अनि जागिर पनि रम्रै हुँदै गयो ।


यसरी सुभम मेरो जीवनमा भगवानको रुपमा आएर मलाई हरेक पटक साथ दियो । हामी एक अर्का बिना बाच्न न सक्ने जस्तो सम्बन्ध बन्न पुगियो । विभिन्न दुख कस्टले गर्दा आज सहज भए जस्तो लाग्थो । तर कुनै पनि खुसी म मा भगवानले देख्न सक्दैनथे होला । राजनितिक सोवसले आफ्नो मान्छे राख्नको लागि मलाइ त्यो काम बाट निकालिदियो । अब मेरो  मुख जोर्न नि गारो भयो ।
यसरी राजनितिक खेलले गर्दा मिहिनेत अनि संघर्ष गरेर खाने युवा हरुलाई बेरोजगार बानाएर राजनितिको नाममा नाता वाद  अनि कृपा बादमा नेता गएको देख्दा एक दिन युवाहरु देशले गुमाउने पर्ने अबस्था आउँछ भन्दै  । पुन हामि दुइ मिलि आफ्नो देश आफै बानाउ भन्ने सोच बोकेर बिभिन्न ठाउमा जनचेतना फैलाउदै सिपमुल कामको तालिम सिकाउदै नेपाल यात्रामा हिडेकाहामी दुई मित्र आज पनि यहि संघर्षमा छै । र यसरी नि सधै देशको लागि केही गर्ने छौ भन्ने अठोट बोकेर हिडदा हिडदै आज यो अभियानको तेश्रो बर्ष अनि मैले मेरो गाउबाट निकालिएर सडमा मलाइ फालेको २० बर्षमा पुन आफ्नो जन्म गाउमा सोही अभियान चालाएर जनचेतना फैलाउदै छौ । जुन ठाउले मलाइ मार्न भनी सडकमा छडेको थियो त्यही ठाउलाइ स्वर्ग बनाएर आफ्नो आमा बाबु अनि आकृतीको नाममा आफ्नो जति जग्गा छ त्यो सबैमा अनाथालय , बृदाश्रम , स्कुल अदिको बिकस गर्न हामि दुई मित्र लागेका छौ  हाम्रो संघर्षको यात्रा सधै यसरी नै लागिरहने छ ।
यो संघर्ष गर्न सधै साथ दिने आकृती सधै अमर रहुन ।

Wednesday, June 14, 2017

SMS Club का सम्पुर्ण सदस्यहरुलाइ जरुरी सुचना ।

सम्पुर्ण सदस्यहरुमा जरुरी सुचना !!!
बिश्व वातावरण दिबसको अबसरमा SMS Club ले आयोजना गरेको कार्यक्रमको प्रमाणपत्र बितरण कार्यक्रम यहि मिति २०५४/०३/०२ शुक्रबार राखिएको हुदा सम्पुर्णमा यो जानकारी दिन चाहन्छौ । साथै क्लबको सदस्यता रशिद (membership card) लिन बाकी सदस्यहरुले जति सक्दो छिटो सम्पर्क राख्नुहोला । अबको क्लबको कार्यक्रम मिति २०७४/०३/२५  गते गुरु पुर्णुमा (teachers day ) को अबसर परेर कार्यक्रम राक्ने योजना छ । सथै क्लबको tshirt cap को लागि पनि जति सक्दो छिटो  छलफल गरि असार ५ गते सम्ममा हामिलाई सम्पर्क गर्नु होला । tshirt cap को लागि असार ५ गते भन्दा पछि गएमा क्लबले  tshirt cap उपलब्ध गराउन सक्ने छैन  । 
                                          SMS Club 

Tuesday, April 25, 2017

आमा

                          
नौ महिना गर्बमा राखी जन्माएको छोरोले
त्यही छोरो जन्माउन कयौ पटक मरेकी आमालाइ
आज भुल्दै छ रे ।।

कसैले दिएक मिठो चिज मुखमा हाल्न खोज्दा
छोरालाइ भनी पटुकी भित्र राखेको चिजलाई
यति दिन्छौ छुच्ची बुढी पो भन्छ रे ।।

सारा संसारका खुसी खोज्न साझ बिहान नभनी
त्यो छोराको भबिश्य बनाउन लागेकी आमालाइ
खै कुन्नी किन हो न चिने जस्तो पो गर्छ रे ।।

घासको भारी बोकि छोरालाइ काखमा राखी
साझ बिहान उकाली ओराली गरेकी आमालाइ
के पो गर्यौ मेरो लागि भन्छ रे ।।

आफू आदि पेट खाएर रात दिन धाएर
लालन पोषण गरेकी आमालाइ
भरु छिटो मोर बुढी पो भन्छ रे ।।

सु सम्पन छ छोरो धनी मानी भाको छ रे
छोरा छोरी जन्माएर उ पनि त बाबा भाको छ रे
त्यसैले त उसले बुढी आमा बिर्सदै गएको छ रे ।।

छोर सम्पन देख्दा बुढी आमा अझ खुसी हुन्छिन अरे
म बाचेर छोरालाइ धेरै दुख दिए भन्दै
दिन रात रुन्छिन अरे ।।

बृदाश्रम छन रे उनी भेटन जाने मन छ मेरो
आमा औसि परेकोले केही लैदिने मन छ मेरो ।।
                              अर्जुन शर्मा चालिसे



Saturday, March 11, 2017

पानीले पनि रोक्न सकेन राजन मेमोरियलको अभिभावक दिवस


काठमाडौ, बालाजु माछापोखरीमा अबस्थित राजन मेमोरियल इ. स्कुलले आज आफ्नो बाह्रौ अभिभावक दिवस सफल बनाएको छ । आज मिति २०७३/११/२८ बिहान बाटनै देश भरका विभिन्न स्थनहरु मा पानी परेको थियो । बिहानै बाट पानी परेकोले कार्यक्रम १०:३० मा सुरु हुने भनिए पनि केही अबेर भएको थियो । कार्यक्रम बिधालय बेवस्थापन समिति साथै समाज सेबि तारा बाहादुर थापाले पानसमा बत्ती बालेर सुरु गर्नु भएको थियो ।





कार्यक्रममा बिद्यार्थीहरुले आफुहरु मा भएको पर्तिभा निकै कलात्मक रुपमा प्रस्तुत गरेका थिए । कक्षा नर्सरी देखि १० सम्म पढ्ने साथै भुतपुर्व बिद्यार्थीहरु ले पनि आफ्नो पर्तिभा देखाएका थिए । कार्यक्रमको लगभग आदि तिर पानी परेपछी केही बेरको लागि कार्यक्रम रोकिएको थियो । दर्सक अभिभावकको उलासमय उपस्थिति रहेको सो कार्यक्रममा पानी परेपनी केही बेर पछि पुन पानी रोकिएकोले सुरु गरिएको थियो। पानीमा भिजेर भएपनी सम्पुर्ण दर्सकहरु कार्यक्रम हेर्न आतुर देखिन्थे ।

साचै नैकै लोभलाग्दो कार्यक्रम थियो नेपाली हरेक सास्कृती लाई झल्काउने नृत्य , संगीत , नाटक, आदिको रर्हेको थियो । सानै उमेर भएपनी देशको स्थिती बुजेका ती बिद्यार्थीहरुले बैदेसिक रोजगारले निम्ताएको सम्स्यालाइ नाटकका माध्याम बाट देखाएका थिए । पानीमा भिजी भिजि पनि कार्यक्रम हेरेर निकै खुसी देखिन्थे अभिभावकहरु ।

कार्यक्रममा बोल्दै बिधालयका सह प्रधानध्यापक राजेश रायमाझीले अफ्नो बिधालयले बर्ष भोरी हासिल गरेका उपलब्दी र विभिन्न ठाउँमा उच्च स्थान हासिल गरेकोमा बिद्यार्थी एवम अभिभावकलाई बधाई दिनु भएको थियो । विभिन्न बिधामा सफल बिद्यार्थीहरु लाई पुरस्कार बितरण गरिएको थियो ।