Wednesday, August 9, 2017

चर्चित कथा अधुरो प्रेम १,२,३,४,५ का लेखक अर्जुन शर्माको नया कथा "संघर्षको यात्रा"

म पात्र अमृत  । घटना काल्पनिक भएकोले कसैको जिबनमा मेल खान गयमा संयोग मात्र हुने छ ।😀
लेखन : अर्जुन शर्मा
..... क्रमश अधुरो सपना १ बाट
                        संघर्षको यात्रा
     यसरी बिरामी भयर हस्पिटलमा बसेको पनि करिब १ महिना भएछ । सम्पुर्ण कलेजका साथिहरु पालै पालो भेटन आउने गर्दथे । तर हस्पिटलमा मेरो लागि कुरेर बस्ने आफ्नो परिवार न हुदा सबै साथिहरुले नरमाइलो फिल गरे जस्तो मलाइ लाग्यो । कतै आजसम्म कुनै साथिलाई न भनेको राज खुल्ने त होइन ? कतै अब मलाइ साथिहरुले अर्कै ब्यबार त गर्दैन भन्ने मनमा विभिन्न कुरा खेल्न थाले । कति साथिहरु त रातको समयमा पनि म संगनै बसे । साथिहरुको माया अनि डाक्टरहरुको विशेष हेरचाहमा ४८  दिनमा मलाइ हस्पिटलले डिस्चार्ज गर्यो ।

समस्या अब थियो त्यस्तो खुट्टाले कसरी खान पकाउने खाने तर मेरो स्कुल देखिनै मलाइ सहयो गर्ने साथि सुभमलेनै मलाइ सबै सगायो । यसरी मिर्तुको मुखमा पुग्दा आफ्नो सपना अधुरै रहने भो भनेर चिन्ता थियो तर अब भने त्यति बेलामा नै मिर्तु भएको भए हुन्थियोनी जस्तो भयो । यसरी जिबन संग अनेक दुख मलाइ नै किन आउदोहो जस्तो लाग्थो तर भग्यमा जे लेखेको छ त्यो त न भै हुदैन भन्दै चित बुझाउने भन्दा अरु म मा केहि उपाय थियन ।

१२ को परीक्षा  पनि आउने बेला भयो म बल्ल बल्ल राम्रो संग खुट्टा टेकेर हिडन सक्ने भएको थिए । परीक्षा पनि रम्रै भयो । अब बल्ल जीवनको नया अध्याय सुरु भए जस्तो हुन थालो । आज सम्मको त्यो सबै मिहिनेत मेरो अन्तिम अबस्थाम पुगो किनकि +2 पास गरे पछि सबै साथिहरु आअफ्नो रुचिको बिषय पढ्नको लागि कोहि नेम , भाइब्रेन्ट , जस्ता नाम चलेका ठाउमा पढ्न थाले कोहि IELTS ,TOFFEL गर्न भनेर लगे तर आफुभने पैसाको अभाले गर्दा अफ्नो सपना अधुरो राखेर पहिलेको स्कुलमा नै पढाउन थाले । सबै साथिहरुको बारम्बार फोन आउथो के पढ्न थालिस कलास कता लिदैछ्स भनी । त्यसैले गर्दा दिक्क लागेर मोबाइलको सिम चेन्ज गरिदिए ।

आकृतिको सपना पूरा गर्छु भनेर बेकार उसलाइ झुटो कुरा गरे जस्तो लागेर आफैमा हिन्ताबोध हुन थाल्यो । तर जब म त्यस्तो सोच्थे आकृति कता कता बाट आएर भेरी उर्जा थपिदिन्थिन । तर आफ्नो बाद्ययताले गर्दा चाहना भएपनी त्यो पाउन सक्दैन्थे  । भित्र भित्र मुटु जलेर आउथिठो ।
तर एक दिनको कुराहो सुभमले मलाइ अर्कै ठाउमा जागिर लगाइदिन आग्रह गर्यो र मैले जागिर पनि पाए तलब पनि पहिलेको भन्दा धेरै थियो । मेरो हरेक सुख दुखमा साथ दिने सुभम सिए पढ्दै थियो म भने बि.बि.ए पढ्न थाले । उसैले गर्दा पूरा छात्रबिर्तिमा पढ्ने अबसर मिल्यो अनि जागिर पनि रम्रै हुँदै गयो ।


यसरी सुभम मेरो जीवनमा भगवानको रुपमा आएर मलाई हरेक पटक साथ दियो । हामी एक अर्का बिना बाच्न न सक्ने जस्तो सम्बन्ध बन्न पुगियो । विभिन्न दुख कस्टले गर्दा आज सहज भए जस्तो लाग्थो । तर कुनै पनि खुसी म मा भगवानले देख्न सक्दैनथे होला । राजनितिक सोवसले आफ्नो मान्छे राख्नको लागि मलाइ त्यो काम बाट निकालिदियो । अब मेरो  मुख जोर्न नि गारो भयो ।
यसरी राजनितिक खेलले गर्दा मिहिनेत अनि संघर्ष गरेर खाने युवा हरुलाई बेरोजगार बानाएर राजनितिको नाममा नाता वाद  अनि कृपा बादमा नेता गएको देख्दा एक दिन युवाहरु देशले गुमाउने पर्ने अबस्था आउँछ भन्दै  । पुन हामि दुइ मिलि आफ्नो देश आफै बानाउ भन्ने सोच बोकेर बिभिन्न ठाउमा जनचेतना फैलाउदै सिपमुल कामको तालिम सिकाउदै नेपाल यात्रामा हिडेकाहामी दुई मित्र आज पनि यहि संघर्षमा छै । र यसरी नि सधै देशको लागि केही गर्ने छौ भन्ने अठोट बोकेर हिडदा हिडदै आज यो अभियानको तेश्रो बर्ष अनि मैले मेरो गाउबाट निकालिएर सडमा मलाइ फालेको २० बर्षमा पुन आफ्नो जन्म गाउमा सोही अभियान चालाएर जनचेतना फैलाउदै छौ । जुन ठाउले मलाइ मार्न भनी सडकमा छडेको थियो त्यही ठाउलाइ स्वर्ग बनाएर आफ्नो आमा बाबु अनि आकृतीको नाममा आफ्नो जति जग्गा छ त्यो सबैमा अनाथालय , बृदाश्रम , स्कुल अदिको बिकस गर्न हामि दुई मित्र लागेका छौ  हाम्रो संघर्षको यात्रा सधै यसरी नै लागिरहने छ ।
यो संघर्ष गर्न सधै साथ दिने आकृती सधै अमर रहुन ।

No comments:

Post a Comment