कथाका पात्र तथा परिवेश सबै कालपनिक छन कसैको जीवनमा मेल खान गयमा संयोग मात्र हुनेछ ।
अधुरो प्रेम
काठमाडौमा डेरा गरेर एक्लै बस्ने म बिहान उठेर खाना पकाएर त्यो पुसको जाडोमा बिहान ६:३० को कलास लिन स्कुल पुग्नु पर्ने । SLC को तयारिमा रयका हामी विद्यार्थी स्कुलले पनि केही कडा गरेको थियो । पुस सकिन लागेको थियो sendup परिक्षा पनि मुखमा नै आइ सकेको थियो । माघको १० गतेबाट सुरु हुने परिक्षाको तयारिमा सबै थियौ ।
परिक्षाको मिति पनि आयो ।परिक्षाको पहिलो दिन अग्रेजीको परिक्षा थियो ।हामी सबै साथिहरु परिक्षा सुरु हुनु भन्दा ३० मिनेट अगाडी परिक्षा केन्द्रमा पुगेका थियौ। केही बेर पछि हामिहरु ले आफ्नो सिट काहा परोभनेर हरेउ ।म २०३ कोठामा परेको रहेछु । म परिक्षा कोठा तिर लागे । तेस्रो बेन्चमा मेरो symbol no रहेछ । म छेउमा परेको थिए । तेहि बेन्चमा झ्याल थियोे तेसैले मैले झ्याल तिर हेरे । मेरो बेन्चको कुनामा निकै शुन्दर केटि परेकी थिइन । सायद मैले तेति रम्री लाई आज सम्म देखेको पनि थिइन होला । परिक्षा सुरु भयो मेरो ध्यान उनितिर नै गएको थियो । परिक्षा अबधी सकियो म केही बोल्न सकिन । अर्को परिक्षा नेपालीको थियो उनको नाम थाहापाउन चाहान्थे तर कसरी थाहा पाउने भन्ने विभिन्न कुरा हरु मनमा खेल्न थाले ।
नेपालिको परिक्षामा पनि जानी जानी उनको पर्बेश पत्र भुइमा झारिदिय अनि आफै त्यो पर्बेश पत्र निकाले ।त्यतिबेला उनको नाम हेरे ।उनको नाम आकृती रहेछ। नेपालिको परिक्षा सकेर घर गएर फेस्बुकमा नाम हानी हेरे तर पाउन सकिन । फेस्बुकमा साथी बनाउने मेरो सपना नि पूरा भयन । म निरास भएर maths को परिक्षाको लागि तयारी गरे । math को परिक्षा दिदै गर्दा उनले म तिर फर्केर प्रस्न १८ को देखाउन भनिन, यो अबसर मेरो लागि महत्त्वपूर्ण हो भनेर १८ को देखाइदिय । अनि परिक्षा सकिएपछि उनले thankyou भनिन अनि मेरो नाम सोधिन ।अनि मैले पनि अमृत शर्मा भनी भने ।
हामी दुबै जना कुरा गर्दै घर तिर लागेउ । हामी बस्ने पनि नजिक नजिक रर्हेछ ।उनको घर मेरो भन्दा नजिक थियो । म पनि घर तिर लागे । अर्को परिक्षा science को थियो त्यसैले म पढ्न थाले । अर्को दिन बिहान परिक्षा को लागि गए केही उता मलाइ कुरेर आकृती बसेकी रहिछ । हामी दुबै सगै गयौं । तेसपसी हामी निकै नजिक बन्न थालेउ । स्कुल फरक भएपनी हामी दिनमा एक पटक भेट्ने गर्थौ ।SLC आयो परिक्षा दुबैको राम्रो भयो ।
परिक्षाको अन्तिम दिन आकृतिले आफ्नो पर्बेश पत्र मेरो हातमा राख्दै भनिन सायद मैले यसको नतिजा हेर्न पाउदिन होला तिमीनै हेर्दिनु भनिन ।उनको आखामा आँसु देखेर मेरो अँखामा पनि आँसु आए । मैले कति पर्यास गरे किन येस्तो भन्दै छौ के भयो र भने र तर उनले केही वताइनन ।त्यो कुरा बेला बेलामा भन्ने गर्थिन तर तेस्को उतर मलाइ कहिलेही भन्न चाहिनन यो कुराले मलाइ साह्रै मन दुखाएको थियो । उनले एकदिन भनिन मैले जोक गरेको तिमी तेहि कुरालाइ लियर आझ सम्म चिन्तित छौ । मैले त केबल तिमिले म लाई कति माया गर्छौ भनेर हो भनिन् ।
हामी निकै नजिक भैसकेका थियौ समय बित्दै थियो । एक दिन उनले आफू काठमाडौ बाट अर्को थाउमा जान लागेको भने र पत्र दिइन ।मलाइ कस्तो कस्तो लाग्यो । अनि मैले फोन गरे तर उनले फोन उठाइन्न ।म आतिय उनको घर गए ।गेटमा ठूलो साचो लगायको थियो । म घर आएर फेस्बुक खोले उनको प्रोफाइल हेरे तेहा उनका साथीले get well soon aakriti भन्ने लेखेका रहेछन । त्यो पढेर न सक्दै अर्को पोस्ट आयो जुन देखेर म पागल जस्तै भए ।त्यो पोस्ट उनी यो धर्ती बट नै तादा गयको भन्ने थियो ।मैले आफुलाइ समल्न सकिन। म के गर्ने के गर्ने भन्ने मा पुगे । अर्को दिन SLC को नतिजा पर्कासन हुने भनियको थियो । त्यो उन्ले भनेको शब्दको बारमबार याद आयो अनि आफुलाइ समाल्ने कोसिस गर्दै हस्पितल पुगे ।
बाकी अर्को भागमा
No comments:
Post a Comment