Saturday, January 21, 2017

अर्जुन शर्माको अधुरो प्रेम (भाग ३)

                         अधुरो प्रेम (भाग ३)
म उनको यादमा काहा हराए हराए आकृति संघ बिताएका पलहरुको याद आउन थाल्यो । उनको त्यो डाक्टर बनेर गरिब असहाय दुखी जनतालाइ गाउँ गाउँमा गयर सबैको सेवा गर्छु भन्ने सपना अधुरोनै  रहने भो भन्ने पिर पर्न थालो । त्यो दिन सधाका लागि मेरो जिबनको सबै भन्दा नराम्रो दिन बन्न पुग्यो ।किनकी ७ बर्ष अघि मैले आमा अनि ५ बर्ष अधि बाबालाइ गुमाएको थिय अनि सोही तेहि दिन आकृतिलाई पनि ।  

बाबा आमा दुबैलाइ गुमाउदा म १० बर्षको  बालक थिय त्यसपसी आफै संगर्स गरे र यहाँ सम्म आए । जिबनका अनेक पाना पल्टादा दुखै दुखै को मात्र जिन्दगी लिगेर आएको रहेछु जस्तो लाग्यो । म होस बिनाको भै सकेको थिय न भोक न तिर्खा न निन्द्रा परेको थिय ।तर यसरी बसेर मात्र समधान न हुने भन्ने सोचले अब केही गर्नु पर्छ भन्ने कुरा मन मा राखेर निदाउने कोसिस गरे  । आकृति को याद त काहा बाट बिर्सन सक्नु र सपनामा हर बखत उनकै यादले सतायो । 

बिहान अबेर मात्र निन्द्रा खुलो । खाना पकाए खाने बेलामा आकृतिले सधै लिगेर आउने तरकारी दालको अनि उनी संग जिस्कियर रमाएर खाएको सम्झना आयो ।किनहो खोइ खाना खने मन भयन तेसै नुन खाएका कुखुरा जस्तो भएको थिय । साथिहरु सबै जना आज रेजेल्ट भनेर रमाएका थिय तर आफ्नो मनमा आगो बलेको थियो किनकी आकृति को रेजेल्ट मैले त हेरौला तर ती बिचरा आमा बाबुले कसरी मन बुझाउलान भन्ने सोच थियो । समय जति बित्दै जन्थो तेति नै मन धुक्धुक भएको थियो । ५ बजेयो रेजेल्ट पनि आयो । मैले मेरो पर्बेस पत्र खोज्न तिर लागे ।जाहा आकृती अनि मेरो दुबै को पर्बेस पत्र थियो ।त्यो उनको बोलिको याद आयो । त्यो तिनको बोली साचिकै सत्य बन्न पुगो । मैले साहास गरेर पहिला मेरो हेरे अनि आकृतिको । तर उनको रिजल्ट देखेर म निकै निरास भय । आफ्नोको रिजल्ट आउदा दुखी हुने सायद म मात्र थिय होला किन कि उनको ९०% आएको थियो ।      

समय बित्द्दै गयो म आकृती अनि आफ्नो दुबैको सपना साकार पर्ने भने र कलेज भर्ना भय अनि राम्रो गर्दै आय । तेति बिछ मा मैले आकृती लाई केही मात्रमा त भुलेको थिय अनि यसै सधै दुखी बनेर कति बस्नु जस्तो नि  लग्थो तर के गर्ने । 


आकृती बाट मैले धेरै रम्रा कुरा सिक्न पाय उनको बानी आफ्नो दैनिकी लेख्ने बानी म लाई पनि सिकाइन  त्यसपसछि सधै मैले पनि दैनिकी लेख्ने गर्थे  । मैले मेरो यो आफ्नो दैनिकी सधै आफ्नो झोला मा राखेर हिद्ने गर्थे । एक दिनको कुरा हो  कलेज बाटनै मेरो त्यो दैनिकि हरायो  ।कसले लगेयो लगेयो केही थाहा भयन ।  यदि त्यो दैनिकी कसैले भेटाउनु भएको छ भने भन्नू होला । मेरो यो दुखी कथा लाई आफु संग राखे र आफ्नो आँसु बगाउने न गर्नु होला ।।।।।।। 

No comments:

Post a Comment